गुल्मीमा पहिरोले एकै घरका चार जनाको ज्यान गयो

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा गुल्मी, १७ साउन ।

रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ। अविरल बर्षाका कारण गुल्मीको रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ५ टाहाटिममा पहिरोमा पुरिएर एकैघरका चारजनाको ज्यान गएको हो ।

शुक्रबार साँझ परेको अविरल बर्षाले टाहाटिमस्थित राजु बोटेको घरमाथिबाट आएको पहिरोमा पुरिएर उनकी श्रीमती, दुई छोरा र एक छोरीको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ ।

साँझको समयमा भएको बर्षाका कारण पहिरो गएको र अझै पनि लगातार पानी परिरहेकोले उद्वारमा कठिनाई भएको प्रहरीले जनाएको छ । राजु बोटे रोजगारीको लागि भारतमा छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सांसद प्रदीप यादवलाई कोरोना पुष्टि, अंगरक्षक र चालकलाई पनि देखियो संक्रमण
अगिल्लो पोस्ट फ्रेन्च लिग कपको च्याम्पीयन बन्याे पीएसजी