भदौ १५ बाँके ।
बाँकेमा कोरोना जितेका व्यक्तिले कोरोनाका विरामीलाई रगत दिनुभएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं। १ का अध्यक्ष प्रमोद रिजालले कोरोनाका विरामीलाई रगत दिनुभएको हो ।
वडाध्यक्ष रिजाल आफै कोरोना निको भएका व्यक्ति हुनुहुनछ। बाँकेमा ७ सय ३० जनाले अहिले सम्म कोरोना जितेका छन्।
स्वास्थ्यकर्मीको भनाई अनुसार प्लाज्मा थेरापी विधिका लागि रगत दिने पहिलो व्यक्ति वडाध्यक्ष रिजाल बन्नुभएको छ । कोरोना जितेका व्यक्तिले कोरोनाका विरामीलाई रगत दिएर उपचार गर्नुलाई प्लाज्मा थेरापी विधि भन्ने गरिन्छ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले सल्यानबाट आएका कोरोनाका विरामीलाई रगत आवश्यक परेकाले वडाध्यक्ष रिजालले रगत दिएको जानकारी दिनुभयो ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।