विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर

सेयर गर्नुहोस्
67Shares

भदौ १५, गुल्मी ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले ९०० विपन्न परिवारका लागि निःशुल्क विद्युत् मिटर वितरण गरेको छ।

१२ स्थानीय तहका विपन्न परिवार विद्युत् मिटर लिन नसकेर विद्युतविहीन हुन नपरोस् भनेर निःशुल्क मिटर उपलब्ध गराएको वितरण केन्द्रका प्रमुख नारायण अर्यालले बताए। अर्यालका अनुसार गत आर्थिक वर्षमा स्थानीय तहकोे सिफारिसको आधारमा ९०० वटा मिटर वितरण गरेको बताए। एउटा मिटरका लागि अहिले दुई हजार १०० रुपैयाँ तिर्नु पर्दछ।

घर नजिकबाटै विद्युतको तार टाँगिए पनि विपन्न भएकै कारण उनीहरु विद्युतविहीन थिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राजस्व चुहावट रोक्न वडा कार्यालयमा जोडियो सफ्टवेयर
अगिल्लो पोस्ट सोसियल मिडियाबारे डा.भट्टराईका पाँच प्रतिबद्धता