राजस्व चुहावट रोक्न वडा कार्यालयमा जोडियो सफ्टवेयर

सेयर गर्नुहोस्
5Shares

भदौ १५,अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले राजस्व संकलन गर्न सबै वडा कार्यालयहरुमा सफ्टवेयर जडान गरेको छ।

सेवाग्राहीले राजस्व तिर्न नगरपालिका कार्यालयसम्म धाउने बाध्यता हटाउन वडा कार्यालयबाट राजस्व संकलन गर्ने गरी सफ्टवेयर जडान गरिएको नगरप्रमुख कमलप्रसाद भुसालले बताए । नगरपालिकाले १२ वटै वडा कार्यालयबाट आइतबारदेखि सेवा दिन सुरु गरेको छ। यसबाट राजस्व चुवाहट रोकिने नगरप्रमुख भुसाल बताउँछन्। सफ्टवेयरबाट सेवा प्रवाह गर्दा भरपर्दो हुने र राजस्व अभिलेख चुस्त हुने उनको भनाइ छ।

सेवा सञ्चालन सुरू भएपछि सेवाग्राही पनि खुसी भएको उपप्रमुख ठाकुरकुमार बिकले बताए।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट १८० केजी गाँजासहित कार नियन्त्रणमा
अगिल्लो पोस्ट विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर