१८० केजी गाँजासहित कार नियन्त्रणमा

सेयर गर्नुहोस्
172Shares
ई–साझाकुरा, भदौ १५

बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ ।जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्नास्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जांच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १८० केजी गाँजा र कारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको १२ नम्बर गणले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।