कवि लेखनाथ घिमिरेको झझल्को भित्रको “भातृप्रेम”

सेयर गर्नुहोस्
597Shares

लेखनाथ घिमिरे/कविता

आदार सम्मान राख्दा राख्दै ज्यादै हेप्दा रैछन् ।
साथी भाई ईष्टमित्र उनकै मात्रै रैछन् ।।
भातृ प्रेम राखी उनलाई सँगै हिड्न गारो ।
आफ्नो मन त स्वच्छ थियो उनको मन सारो ।।

एक्लै हिडे भन्दा गारो भाई सँग जाँदा ।
स्वच्छ मनले बोल्दा पनि पर्दे रहिछ बाधा ।।
कोही कसैका दाजुभाई कस्तो गरी रम्छन् ।
भाईका मन रुवाउने कोही दाजुका ढङ्छन् ।।

भातृप्रेम राखी मनमा संसार डुल्ने देख्छु ।
त्यस्तै सबै बनौँ भनी म कविता लेख्छु ।।
भाईसँग कैले पनि स्वच्छ मनले बोल्नु ।
दुःख पिरका व्यथा भए हृदयलाई खोल्नु ।।

दाजुभाईमा रिस गरे शत्रु रमाउँछन् ।
भातृप्रेम राम्रो देखे मतो जमाउँछन् ।।
भातृप्रेम जागोस मनमा आफ्नो ज्ञानले बुझी ।
भातृप्रेम राम्रो देखे मातापिता खुसी ।।

भुक्ने कुत्ता असल त नभुक्नेले टोक्छ ।
भाई मार्ने दाजीले त दुःख आपत भाग्छ ।।
तुच्छ ठान्छ हृदयले लक्ष्मी ती गाईलाई ।
मार्ने गर्दछन कलिमा मूर्खहरु भाईलाई ।।

म त जन्मिदै दुःखी, दुःखै दुःखमा रमाउँछु ।
च्याप्नेले च्यापी राख म आफै कर्म ठमाउँछु ।।
हे ईश्वर दुःख, बढाईदेउ मलाई ।
असर नपारिदेउ, कतै सुखिलाई ।।

सके जति च्याप तिमी उठ्न नदेउ मलाई ।
जीवीत शवलाई तिमी फ्याँकिदेउ जलाई ।।
दुष्टको मन कतै, आउँदैन पलाई ।
गर्न चाहन्नन् उनी कसैको भालाई ।।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट घट्यो कोरोना परीक्षणको शुल्क, जानकारीका लागि शेयर गर्नुहोस् ।
अगिल्लो पोस्ट घुस रकमसहित पूर्वाधार विकास कार्यालय प्रमुख पक्राउ