कोरोना रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाइ कारवाही गर्न निर्देशन

सेयर गर्नुहोस्
32Shares

ई–साझाकुरा, भदौ १३

कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारहरुलाइ कसैले कुनै असहज परिस्थिती ल्याए कारवाही गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै गृहमन्त्रालयले कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका स्वास्थ्य कर्मीकर्मचारीलाई धम्की दिने, दुर्व्यवहार गर्ने तथा घर\डेरा जान अवरोध पुर्याए कारवाही हुने जनाएको छ । मुलुकका केहि ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको भएको जानकारी गराउदै यस्ता कार्य गर्ने जो कोही कारवाहीको भागेदार बन्नुपर्ने जनाएको छ । बिज्ञप्तिमा कसैले त्यस्तो दुर्व्यवहार गरे ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बाइडन राष्ट्रपति बने अमेरिकाका लागि निकै खतरनाक र घातक हुनेछ : ट्रम्प
अगिल्लो पोस्ट गोंगबु घटनाको अनुसन्धान सकियो : अभियुक्त कल्पनालाई जन्मकैदको माग