नेपालमा कोरोना रोकथामको एक उपाय

सेयर गर्नुहोस्
568Shares

हर्क शैयद/युएई
चीनको वुहान शरमा गत डिसेम्बरमा देखा परेको कोभिड–१९ ले अहिले सारा संसारमा यसले शताब्दिकै सबैभन्दा ठूलो संकट निम्त्याएको छ । यो संकटले आर्थिक क्षेत्रको समस्या अबका केहि दशक रहि रहने पनि अब निश्चित छ । यो संकटले सांस्कृतिक सामाजिक क्षेत्रमा पनि ठूलो समस्या ल्याउने निश्चित देखिएको छ । अनि मानसिक सवालमा समस्याहरु दिनप्रतिदिन थपिदै र बढ्दै गईरहेको प्रष्ट रुप देख्न सकिन्छ । यो ज्यादै बिकराल बन्न सक्ने पनि देखिएको छ किन कि,मानिसमा मानसिक समस्या निम्त्याउने मुख्य माध्यम भनेकै आर्थिक पक्ष हो । अहिले हाम्रो देनिक दिनचर्या नै कोभिड १९ ले ठप्प पारेको अवस्थाबाट गुज्रिएको छ । दैनिक खर्च धान्य आर्थिक आम्दानीका स्रोत समेत बन्द बन्दा नागरिकको दैनिक झन संकटग्रस्त बनिरहेको छ ।
अहिले नेपालमा कोरोना भाईरस अर्थात कोभिड १९ को भयावह अवस्था जुनरुपमा बढिरहेको छ, त्यसले ठूलो संकट समेत उत्पन्न गराएको छ । तर त्यसको प्रभावकारी योजनालाई ईमान्दारीतापुर्वक लागु गर्न सकियो भने नियन्त्रणमा लिनुका साथै हाम्रो आर्थिक क्षेत्रलाई चलायमान राख्न सामाजिक सांस्कृतिकका साथै मानसकि क्षेत्रमा पर्ने क्षेतीलाई धेरैभन्दा धेरै कम गर्न सकिने छ । झण्डैझण्डै नियन्त्रणमा आएको कोभिड १९ सहि निति प्रभावकारी योजना लागु गर्न र गराउन नसक्दा आज डर र त्रासको वातावरण सिर्जना भएको छ । नेपालमा सरकारले १२० दिन लामो लकडाउन अर्थात बन्दाबन्दी ग¥यो, यो बिचमा जनस्तरबाट निकै हार्दिकतापूर्ण सहयोग र समर्थन पनि रहयो, तर सरकारको तर्फबाट जति हुनुपर्ने थियो कमी भयो । त्यति हुन सकेन, आइसियु, भेन्टिलेटरको दु्रत गतिमा धेरै विस्तार र निर्माण हुनुपर्ने थियो त्यो देखिएन । औषधिहरु उचित जोहो हुनुपर्ने थियो, तर गएको लकडाउनकै बिचमा सरकारले स्वस्थ्य तथा कोभिड १९ क्षेत्रमा गर्नुपर्ने काम शक्ति र तागत सरकारले आफ्नो पार्टीको आन्तरिक झगडा मिलाउनमा मात्रै खर्च गरेको जस्तो देखियो । जनताका समस्याहरु र देशको समस्याहरु समाधान गर्नका निम्ती बिरलै बैठक भए तर सरकार र पार्टीको झगडा मिलाउन बैठक माथि बैठक भए , यि बैठक ति समस्याहरु र महामारी माथि भएको हुन्थयो भने स्वस्थ्य क्षेत्र सुधारको लागि हुन्थ्यो भने आज धेरै हद सम्म हामी राम्रो अवस्थामा हुन्थ्यौ ।
नेपालमा कोभिड १९ को भयावह अवस्था देखिए पनि नियन्त्रण बाहिर अझै गईसकेको भने छैन । पहिलेको काम गराईबाट शिक्षा लिएर सरकारले गर्नुपर्ने काम र जनस्तरबाट हुनुपर्ने काम र सहयोगमा समन्वय हुन सक्यो भने हामीले यसलाई सहजै नियन्त्रण गर्न सक्नेछौँ । सरकारले औषधि, आईसियु, भेन्टिलेटर, र कोरोना उपचारका लागि विशेष अस्पतालहरुको उचित व्यवस्थापन युद्धस्तरमा गर्न जरुरी देखिन्छ । कोभिड टेस्टलाई फराकिलो बनाउदै धेरै भन्दा धेरै परिक्षण गर्न जरुरी छ । अहिले फेरी निषेधाज्ञाको संज्ञा दिदैँ मुलुकभरी हरेक क्षेत्र र सेवा ठप्प अवस्थामा पुगेको छ । यो बिचमा सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्यहरु धमाधम गनूृपर्ने हो तर त्यसा भएको देखिएन । सरकारले हरेक अस्पतालहरुलाई त्यहाँ भएको २० प्रतिशत बेडहरु कोरोना संक्रमितहरुलाई छुट्टाउन भनेको छ । यो स्वास्थ्यको हिसाबले त्यति उपयोगी देखिदैन बरु यसो गरियो भने झन संक्रमण फैलने खतरा रहन्छ ।
कोरोना संक्रमित हुँदैमा सबैलाई अस्पतालमा भर्ना नै गर्नुपर्छ भन्ने होईन । प्रयाप्त रुपमा आईसोलेसन भवनहरुको व्यवस्था गर्दै संक्रमित सबैलाई आईसोलेसनमा राख्नु उचित रहला । आइसोलेसन भवनमा संक्रमितहरुलाई दिनहु ज्वरो, रक्तचाप लागाएतका स्वास्थ्य जाँचका उपायहरु अपनाउँदै आवस्यक स्वास्थ्य सुविधा दिन जरुरी छ । यसरी सुरुवाती समयमै केही लक्ष्यण देखिनासाथ उपचार गर्न सहज हुनका साथै सहिलो पनि हुन्छ । अनि आर्कोतर्फ संक्रमितहरुलाई गम्भिर स्वास्थ्य स्मस्याहरु पनि आउन पाउदैन र उनीहरुलाई गम्भिर हुनबाट समयमै जोगाउन पनि सकिन्छ । लक्ष्यण देखिएका संक्रमितहरुलाई अस्पतालमा भर्ना गरी अस्पतालमा चाप कम भई लक्षण देखिएका र गम्भिर अवस्थाका बिरामीहरुले उपचार पाउन सहज हुन सक्ने थियो ।
जनस्तरबाट पनि कोभिड १९ लाई नियन्त्रण गर्न र रोकथामका लागि महत्पूर्ण कार्यहरु हुन जरुरी छ । घरबाट बाहिर जाँदा मास्क अनिवार्य लगाउनुका साथै भौतिक दुरी कायम अनिवार्य देखिन्छ । भडिभाडमा नजानुका साथै भिडभाड गर्न पनि हुँदैन र गर्न दिनुपनि हुँदैन । घरबाट बाहिर जाँदा अरुको लागि म र मेरो लागि अरु संक्रमित छन भन्ने ठानेर आफु अन्य मानिस सँग र अन्य मानिसहरु आफुसँग सचेत हुनुपर्ने समय छ । यसो गर्न सके आफु पनि बच्न सकिने र अरुलाई पनि बचाउँ सकिने छ । तब मात्र आफु, आफ्नो परिवार, टोल समाज र राष्ट्र सबैलाई सुरुक्षित राख्न सकिएला ।
कोभिड १९ को महामारी छ भनेर लकडाउन र निषेधाज्ञा सधै सम्भव छैन र सम्पूर्ण रुपमा समाधानको उपाय पनि होईन । लकडाउन र निषेधाज्ञालाई यदी कोभिड १९ रोक्ने सबै उपाय मानियो भने सबैभन्दा ठूलो भुल र कमजोरी हुन सक्ने छ । लकडाउन र निषेधाज्ञा त हामीले गर्नुपर्ने तयारी र लकडाउनको अन्त्य भए पछिको आवस्थालाई आफ्नो अनुकुल राख्नको लागि मात्र हो । हाम्रो जस्तो अविकसित देशले सधेभरी लकडाउन खेप्न सक्दैन । त्यसैले भौतिक र सामाजिक दुरी कायम राख्दै दैनिकी सामान्य अवस्थामा संचालनमा ल्याउनुपर्छ । जुन कार्य हरेक देशहरुले गर्दै गईरहेका छन् । यदी यसो नगरिए अबको केही हप्ता वा महिनामा आर्थिक र सामाजिक क्षेत्रका समस्याहरु सहजै देख्न सकिने छ । जसको क्षेती हामीले कल्पना गरेको भन्दा भयाव हुन जाने छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्ण
अगिल्लो पोस्ट दाङमा आईतबार देखि पूर्ण बन्दको घोषणा