टिकटकका सिइओ केभिनले दिए राजीनामा

सेयर गर्नुहोस्
129Shares

एजेन्सी, भदौ ११ 

टिकटकका सीइओ केभिन मेयरले राजीनामा दिएका छन् । उनले आज (बिहीवार) टिकटकको सीइओ पदबाट राजीनामा दिएको न्यून एजेन्सी एएफपीले पुष्टि गरेको छ । टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच रस्साकस्सी चलिरहेका बेला केभिनले राजिनामा दिएका हुन्। ट्रम्प प्रशासनले टिकटकका चीनियाँ स्वामित्वकर्तामाथि एप बेच्न दबाव दिँदै आएको छ।

टिकटकको स्वामित्वबारे चिनियाँ स्वामीत्वकर्ता कम्पनी बाइटडान्स र अमेरिकी सरकारबीच तिक्तता बढेका बेला डिज्नीका पूर्वप्रमुख समेत रहेका मेयरको राजिनामा आएको हो । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको भिडियो सेयरिङ एप टिकटककै कारण अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता आएको छ । ‘पछिल्ला केही सातायता राजनीतिक वातावरणमा द्रुत परिवर्तन देखिएको छ।

यस्तोमा‚ कर्पोरेट संरचनामा केकस्ता परिवर्तन जरुरी छ र त्यसले मेरो भूमिकालाई के–कसरी परिभाषित गर्छ भन्नेबारे मैले केही महत्वपूर्ण कार्य गरेको थिएँ’‚ ५८ वर्षीय केभिनले आफ्ना कर्मचारीलाई पठाएको इमेलमा लेखेका छन्‚ ‘हामी छिट्टै एउटा संकल्पमा पुग्ने अपेक्षा पनि थियो। तर‚ भारी हृदयका साथ कम्पनी छाड्ने निर्णयमा पुगेको यहाँहरूलाई अवगत गराउन चाहन्छु।’ (एजेन्सीकाे सहयाेगमा)

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट निषेधाज्ञामा कसैको पनि चुलो ननिभोस् भन्ने उद्देश्यका साथ भैरवामा फुड बैंक शुरु
अगिल्लो पोस्ट नेपाल पत्रकार महासंघ चितवन शाखाको जिल्लाका पत्रकारहरुलाई अनुरोध ले अतिआवश्यक काम नपरी घरबाहिर ननिस्कन अनुरोध