ई–साझाकुरा, भदौ ११
डोटीको बोगटान फुड्सिल गाउँपालिका(४ सात्फरीको दुवातल गाउँ १४ दिनका लागि सिल गरिएको छ । भारतबाट गाउँ फर्किएका एकजना युवामा कोरोना भाइरसको संक्रमणको पुष्टी भएपछि दुवाताल गाउँ सिल गरिएको वडाअध्यक्ष दीपबहादुर बमले बताउनुभयो ।
भारतबाट फर्किएका उनी गाउँमा घुमिरहेको पाइएपछि अरुलाई संक्रमण हुन नदिन पूरै गाउँ नै सिल गर्नु परेको वडा अध्यक्ष बमको भनाइ छ ।
दुवातल गाउँ सिल गरिएसँगै गाउँमा भएका सबैको पीसीआर परीक्षणका लागि तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।