बाकेँको एम्बुलेन्स कपिलवस्तुमा चालक निदाउदा दुर्घटना

सेयर गर्नुहोस्
0Shares

ई–साझाकुरा, भदौ १०

कपिलवस्तुको पुर्व पश्चिम राजमार्ग अन्र्तगत वाणगंगा ७ मध्य वनगाईमा आज बिहान ४ः३० वजेको समयमा नेपाल परोपकार फाण्डेसन बाकेँको एम्वुलेन्स दुर्घटना भएको छ । ।

काठमाण्डौ टिचिङ्ग अस्पतालबाट शव लिएर दाङ्ग जादै गरेको गरेको भे १ च २८९८ नम्वरको एम्वुलेन्स लामो दुरीका कारण चालक निदाउदा र एम्वुलेन्सको गति तिब्र रहेकोले सो दुर्घटना भएको चालकले वताएका छन् । एम्वुलेन्स विद्युत पोलमा गएर ठक्कर खाएको थियो भने विद्युतको पोल एम्बुलेन्सको माथि खस्दा समेत कुनै मानवीय क्षति भनेको छैन् ।

jan aawaz.com
एम्वुलेन्सले मृगौला फेल भएर मृत्यु भएको शव लिएर दाङ्ग तर्फ जादै गरेको अवस्थामा मध्य वनगाईमा दुर्घटना परे पछि स्थानीय प्रत्यक्षदर्शिले प्रहरी खवर गरे पछि एम्बुलेन्स माथि र वरिपरी बिद्युतका तारले जेलीएको हुदा विद्युत काटिए पछि मात्र एम्वुलेन्सबाट चालक र लाई वाहिर निकालिएको हो । चालक लाई भने कुनै चोट पटक समेत लागेको छैन् भने एम्बुलेन्स सामान्य क्षति भएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रेमिट्यान्समा कमी, आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब मात्र भित्रियो
अगिल्लो पोस्ट म क्लब छाड्न चाहन्छु ः मेसी