निष्कृय सिम अर्काको नाममा जारी गर्न नपाइने

सेयर गर्नुहोस्
57Shares

मंगलवार, भाद्र ९

काठमाडौं । अब १२ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड अर्काको नाममा जारी गर्न नपाइने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले सिम निष्क्रिय भएको एक वर्षपछि मात्रै पुनः वितरण गर्न पाउने नयाँ व्यवस्था गरेको हो।

यद्यपी ६ महिनासम्म निष्कृय रहेका सिमकार्ड खारेज गर्न सक्ने व्यवस्था भने कायमै छ । मोबाइल नम्बर बैंक खाता, मोबाइल वालेट, सामाजिक सञ्जाल लगायतका विविध सेवासँग जोडिने भएकाले नियामकले यस्तो व्यवस्था गरेको हो ।
यस अघि सेवाप्रदायकहरुले ६ महिनासम्म निष्क्रिय रहेका सिमकार्ड पुनः बिक्री गर्न पाउने व्यवस्था रहेको थियो । ६ महिनामै सिमकार्ड पुनः वितरण गर्दा  जोखिम बढेको भन्दै नेपाल बैंकर्स एसोसियसनले कम्तिको दुई वर्षको अवधि कायम गर्न प्राधिकरणसँग अनुरोध गरेको थियो । 
तर प्राधिकरणले भने बैंकर्स एसोसियसनको माग सम्बोधन गर्नकै लागि एक वर्षपछि मात्रै पुनः वितरण गर्न सकिने व्यवस्था गरेको हो । यसको अर्थ ६ महिनापछि खारेज भएका सिम एक वर्षसम्म सम्बन्धित प्रयोगकर्ताले आफ्नो नाममा पुनः फिर्ता ल्याउन सक्ने छन् ।

केही दिन अघि बसेको प्राधिकरण सञ्चालक समितिको बोर्ड बैठकले नयाँ व्यवस्था कार्यान्वयनका लागि सेवाप्रदायकलाई निर्देशन दिने निर्णय समेत गरिसकेको छ । त्यसअनुसार निर्देशन जारी गर्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै निर्णय भएको छैन् ः ऊर्जामन्त्री पुन
अगिल्लो पोस्ट क्यामेरालाई ५ मिनेटमै हाई क्वालिटी वेबक्याम यसरी बनाउनुहोस्