कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मृत्यु

सेयर गर्नुहोस्
137Shares

ई–साझाकुरा, भदौ ९

रोना भाइरस संक्रमणका कारण नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ ।मंगलबार सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जानकारी गराएको हो ।

 

जानकारी अनुसार काठमाडौं महानगरपालिका-२१ का सभापति ६७ वर्षीय रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेट जाँदा मृत्यु भएको हो ।

कोरोना पुष्टि भएसँगै गत साउन ३२ गते उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा थप समस्या भएपछि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

कोरोना संक्रमणबाट उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट हिमाली र पहाडी विमानस्थलबाट आन्तरिक उडान खोल्ने तयारी
अगिल्लो पोस्ट भरतपुर अस्पतालले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजहरुलाई आग्रह