श्रमीकको आबाज

सेयर गर्नुहोस्
280Shares

अरुण भट्टराई लेख्नुहुन्छ ,

प्रत्येक कर्मचारीलाइ औषधी उपचार स्वास्थ्य तथा मातृत्ब, दुर्घटना तथा अशक्तता, पेन्सन तथा आस्रित परीवारलाई सुरक्षाको ग्यारेन्टी गर्ने जस्ता लोकप्रिय नारा सहित राज्यले निरन्तर सामाजीक सुरक्षालाइ निकै महत्ब दिई नयाँ युगको उदयमान भएको हल्ला चलायो उत्साहजनक रुपमा सुरुवात गरेको यो कार्यक्रमलाई राज्यले, राज्यद्घारा नियन्त्रीत सघंसस्था, सार्बजनिक संस्थान तथा कहलिएका निजि संस्थाले धज्जी उडाइदिए न्युनतम पारीश्रमिक बाट ।

 

बजारको महङ्गी, महगो शिक्षा, महगो स्वास्थ्य, पारिवारीक आवश्यकता, सामाजिक स्तर तथा अन्य चौतर्फी आवश्यकताले थलीएको श्रमीक बर्तमान अवस्थामा विश्व महामारीले गर्दा देशको अर्थतन्त्र सगैँ थला परेका छन, आर्थिक उदारबादताको यस बिषम परिस्थिीमा अब राज्यले आर्थीक बिकाशका पक्षधरले श्रमिक , सामाजिक तथा आर्थीक विकासका निम्ती चुस्तदुरुस्त बिद्युतिय योजनाको कार्यक्रम ल्याउन अत्यन्त आवश्यक देखीएको छ , जसले आर्थिक अवस्था कमजोरी भएका पक्षलाइ राहतको महसुस होस, नहोस् की घोषण–पत्रको नारा जस्तो ।

बर्तमान समाजमा मानबिय आवश्यकता परिपुर्तिका निम्ति जसरी मौद्रिक मुल्यको आवश्यकता छ, त्यहीअनुरुप जिबनयापनका कुरामा पनि मानबिय सुरक्षा र संबेदनशिलता अत्यन्त आबश्यक रहेको छ । सामाजिक रुपमा पिछडिएका, न्युन आय भएका महिला जनजाती लगायत बिपन्न बर्गमा बैँकिङ्ग क्षेत्रको तुलनामा बीमाक्षेत्र निकै पछाडी परेको कुरा सर्बबिधित नै रहेको छ । निजि तथा सरकारी प्राथमिकतामा पनि रकम दिने, सहुलियत कर्जा व्यवस्था वा अन्य कुनै प्रकारले रकम भुक्तानि नै निजको आर्थिक बिकास हो भन्ने जस्तो देखीएको छ , तर सो कर्जा वा सुरक्षणका निम्ती अपनाउनुपर्ने बैकल्पीक व्यवस्थामा सरकारी निकाय वा लगानी कर्ता त्यती सबेंदनशिल नभएको अबस्था बिद्यमान आर्थिक बजारमा सहजै महशुस गरीएको छ । तर त्यो कर्जा वा निजको आर्थिक बिकाशका निम्ति प्रयोग भएको मुल्यको सुरक्षणका निम्ती राज्यस्तरबाट वा अन्य निकायबाट हुनुपर्ने सुरक्षा निर्देशिका भौतिक क्षेत्रमा मात्र भएको अबस्था छ । तर मानबिय जिबनमा खै ?
भनिन्छ, मानबिय जिबनको कुनै मुल्य छैन, तर यदि मुल्य नभएको ब्यक्ती नै रहेन भने उसको नगद र जिन्सीसँग पारीवारीक तुलना नभएको होइन हाम्रो समाजमा यसले गर्दा भएको आर्थिक खाडलले सामाजीक, सास्कृतिक र मानबिय रुपामा फरक फरक दृष्टिकोणबाट नियाल्ने कुरा सर्बबिधितै छ तर यदि कसैको मानबिय मुल्य नभएको मानब नै नरहने परिस्थिति पैदा भएमा त्यो परिवार र परिवारको नगद तथा जिन्सी सुरक्षा हुने ग्यारेन्टी काहाँ छ । लगानी तथा आम्दानीलाई वा निजी क्षेत्रको बिकासका निम्ती जसरी राष्ट्र बँैकको उपस्थिति छ सुरक्षाको निम्ती बिमा समितिको नजरमा किन परेको छैन, सुरक्षण निर्देशिका , परिवार र समाजका लागी निरन्तर सर्घषको पहाडसँग जुधिरहेको व्यक्ति यदि रहेन भने उसको परिवारमा आउने समस्या कहिले सम्म, परिवार र समाज परीवर्तनको संबाहक मानिएको व्यक्ति राज्यका दृष्टीकोणमा सामान्य एउटा संख्यामा मात्र सिमित किन ?
यो र यस्ता परिस्थितिबाट जुधेको हाम्रो समाज वा राज्यको दृष्टीकोण परीबर्तन गरी आलोचकलाई गलत वा टिप्पणी पुर्ण तरीकाले अथ्र्याउनु भन्दा बिधेयकका सिर्जना गरी, परीमार्जीत गरी वा निर्देशिका जारी गरी कमजोरीहरु सुधार्देै आर्थिक बिकाश सगँै सामाजीक सुरक्षाकेन्द्रीत आर्थिक सुनिश्चितताको आभास हुनुपर्दछ । नयाँ पुस्ताको भबिष्य कोर्ने आर्थिक बिकास गर्नका निम्ती सामाजीक बिकासलाइ डुबाउने खेल कसैले खेल्नु हुदैन, सामाजीक बिकाश बिना समग्र राष्ट्रिय आर्थिक बिकास सम्भब छैन ।

जिम्मेवार पक्षले यस बिषयमा गर्न सकिने उपायका निम्ती कुनै परामर्स वा योजना गरेको केहि कतै सुनिएको छैन मात्र लागेको छ त सत्ता समिकरणमा, शक्तिको पोल्टा आफुकेन्द्रित गर्न । यदि परिस्थिति यस्तै रहने र श्रमीकहरुको पक्षमा कुनै योजना आएन भने अब फेरी एकपटक श्रमिकको आवाजमा नेतृत्ब रहनेगरी श्रमीक आन्दोलनबाट परिवर्तनका संवाहक बन्नेछन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि
अगिल्लो पोस्ट वाणगंगा ६ मा प्रवेश निषेध अभियान