च्याम्पियन्स लिगको उपाधि बायर्नले उचाल्यो

सेयर गर्नुहोस्
0Shares

ई–साझाकुरा, भदौ ८

पोर्चुगलकाे राजधानी लिस्बनमा भएको फाइनल खेलमा बायार्नको जितका लागि एक मात्र गोल किंग्स्ले कोमानले गरेका थिए । उनी खेलको ५९ औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

जोसुवा किमिचले दिएको पासलाई कोमानले हेडमार्फत गोल गरेका थिए । निकै प्रतिस्पर्धामक बनेको खेल पहिलो हाफ बराबरीमा सकिएको थियो । स्टार खेलाडीहरुले भरिएको पीएसजी खेलका नतिजा आफ्नो पक्षमा पार्ने दाउमा भएपनि लोकप्रीय टिमलाई पराजित पार्दै आएको र बिगतमा धेरै पटक उपाधि कब्जा गर्दै आएको बायर्नले उच्च मनोवलका साथ प्रस्तुत हुँदा जित आफ्नो पक्षमा पार्न सफल भयो ।

२०१८ को विश्वकपमा चम्कीएका केलियन एम्बाप्पे, नेयमारजस्ता स्टार रहेको टिम पीएसजी आफ्नो स्थापनाका ५० वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको हो । तर उसले यो सुनौलो अबसर सदुपयोग गर्न सकेन । खेलका क्रममा एम्बाप्पे र नेइमारले अनेकौं प्रयास गरेपनि गोल गर्न सकेका थिएनन् ।

उता ११ औं पटक फाइनल पुगेको बायर्नले छैटौं जित हासिल गर्यो । बायर्न च्याम्पियन्स लिग चौथो धेरैपटक जित्ने टिमसमेत बनेको छ। बायर्नले यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा पनि च्याम्पियन्स लिगको उपधि जितेको थियो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट लिवर्टी इनर्जीको शेयरमा देखियो लगानीकर्ताको आकर्षण
अगिल्लो पोस्ट  आज ०८ भाद्र २०७७ सोमवार को राशिफल