कपिलवस्तुमा ११ जनामा कोरोना पुष्टि

सेयर गर्नुहोस्
210Shares

ई–साझाकुरा, भदौ ७

कपिलवस्तुमा आइतबार थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
जसमध्ये वाणगंगा क्षेत्रका दुई जना पुरुष रहेका छन् । ती संक्रमित वडा नं. ९ र वडा नं. ८ का रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै जिल्लाका ७ प्रहरीमा आइतबार संक्रमण पुष्टि भएको छ । मायादेवी र शुद्धोधन गाउँपालिकामा पनि एक÷एक जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो ।

वाणगंगामा यसभन्दा अगाडी लिइएको ९९ सय जना स्वाब मध्ये बाँकी रहेका ९ जना मध्ये एक जनामा कारोना देखिएको हो । संक्रमित मध्ये एकजना व्यवासायी रहेको बुझिएको छ । वडा नं. ९ का संक्रमितले भने बुद्धभूमिबाट स्वाव दिइएको बताइएको छ ।
वाणगंगा स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट रूसले दोस्रो कोरोना भ्याक्सिन तयार गरेकाे दाबी
अगिल्लो पोस्ट बलेराेकाे ठक्करबाट कपिलवस्तुको चप्परगाउँमा एक महिलाको मृत्यु