कोरोना कहरका बिचमा पनि सुठौली भन्सारमा लक्ष्य भन्दा बढी राजश्व संकलन

सेयर गर्नुहोस्
130Shares
भदौ ६ कपिलवस्तु /

कोरोना महामारीकाबीच पनि कपिलवसतुको दोश्रो ठूलो नाका सुठौली भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को साउन महिनामा लक्ष्य भन्दा तेब्बर राजस्व संकलन गरेको छ ।

तोकिएको लक्ष्य भन्दा दुई सय ९६ प्रतिशत भन्सार उठेको हो । साउनका लागि ३ करोड ४५ लाख ७६ हजार तोकिएको थियो, जसमध्ये १० करोड २४ लाख १५ हजार राजस्व संकलन भएको भन्सार प्रमुख तिर्थराज पासवानले बताए । चालू आर्थिक बर्षका लागि ५३ करोड ४० लाख ३० हजार लक्ष्य दिइएको छ । स्त्तरोन्नती भएको ढेड बर्षपछि सुठौलीमा राम्रो राजस्व संकलन भएको प्रमुख पासवानले बताए । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए ।

जारी लकडाउनमा लक्ष्यको करिब ३ सय प्रतिशत राजस्व उठ्नु आफैमा राम्रो संकेत भएको पनि उनले बताए । यो नाकाबाट कृषिजन्य सामग्रीहरु भारतबाट बढी आयत हुने गर्दछ । संकलित राजस्वमध्ये चामल, आलु, प्याजलगातयका सामग्रीबाट उठेका हो । सुठौली भन्सारमा आर्थिक बर्ष २०७६/७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैया राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष भन्सारका लागि ६२ करोड २१ लाख ३ हजार लक्ष्य तोकिएकोमा त्यसको ७७ प्रतशित मात्र राजस्व संकलन भएको हो ।

२०७५/२०७६ मा ४४ करोड ७८ लाख ३० रुपैया राजस्व संकलन भएको थियो । भन्सार प्रमुख तिर्थराज पासवान अनुसार लकडाउनले भन्सार राजस्व संकलनमा समेत प्रभाव पारेको बताए । ८० प्रतिशत बढी रकम कृसषजन्य सामग्रीको आयतमा उठेको हो । सबै भन्दा बढी असारमा ७ करोड ८८ लाख रुपैया उठेको थियो । यस्तै जेठमा ५ करोड ७६ लाख चैतमा ४ करोड १७ लाख तथा बैशाख ३ करोड ४१ लाख उठेका थियो । कृषि शूल्क, सुधार शुल्क, पैठारी, अग्रिम आयकर, मूल्य अभिबृद्धि करलगातयतका शीर्षकमा राजस्व उठेको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।