युरोपा लिगको उपाधि सेभिल्लाले जित्यो

सेयर गर्नुहोस्
138Shares

ई–साझाकुरा, भदौ ६

युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले जितेको छ । इनटर मिलानलाई हराउदै सेभिल्लाले उपाधि जितेको हो । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले हराउदै सेभिल्लाले उपाधि जितेको हो ।

सेभियाको जितमा लूक डी जोंगले २ गोल गरेका थिए भने एक गोल इन्टरका रोमेलु लुकाकुले आत्मघाती गोल गरेका थिए । खेलको ७४औ मिनेटमा सेभियाका डिएगो कार्लोसले हानेको बाइस्कल किक लुकाकुले टच गर्दा गोल हुनपुगेको थियो ।

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला अहिलेसम्म युरोपा लिगको इतिहासमा सबै भन्दा बढी २००६। २००७, २०१४, २०१५, २०१६ र २०२० मा गरि छैठौ पटक युरोपा लिग जितेको छ । त्यस्तै सेभिया अहिलेसम्म फाइनलमा पुगेर अहिलेसम्म पराजित भएको छैन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सरकारको तयारी अनलाईन कक्षाबाटै शैक्षिकसत्र सुरु गर्ने
अगिल्लो पोस्ट बिक्री भयो महात्मा गान्धीको चश्मा, मुल्य साढे २ करोड भारूमा