जिप दुर्घटनाः ४ जना घाइते, १ जनाको अवस्था गम्भीर

सेयर गर्नुहोस्
1Shares

ई–साझाकुरा, भदौ ५

गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तम्घासदेखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु२च २५७३ नम्बरको जिप रेसुंगा नगरपालिका ४ अर्खले घुम्तीनिर ब्रेक फेल भई अनियन्त्रित हुँदा मालिका गाउँपालिका वडा नं ८ की ३० वर्षकी माया परियार उनका ९ वर्षका छोरा सतिष, मालिका गाउँपालिका वडा नं ५ की वर्ष २० की दीपा घिमिरे र इश्मा गाउँपालिका वडा नं ६ की वर्ष १२ की सन्ध्या परियार घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

घाइतेमध्ये माया परियारको अवस्था गम्भीर रहेकाले पाल्पा प्रभासमा उपचारका लागि पठाइएको छ। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। अन्य तीन जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एक जना सङ्क्रमित पत्ता लगाउन एक लाख चार हजारभन्दा धेरै खर्च : स्वास्थ्य मन्त्रालय
अगिल्लो पोस्ट शर्तसहित सरकारले भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न दिने