स्वास्थ्यकर्मीलाई ७ दिनभित्र आवास खाली गर्न नगरपालिकाको पत्र

सेयर गर्नुहोस्
24Shares

काठमाडौं – दक्षिणकाली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र चाल्नाखेलका अन्य ४ स्वास्थ्यकर्मीलाई ७ दिन भित्र आवास खाली गर्न पत्र पठाएको छ।

नगरपालिकाले ४ महिला स्वास्थ्यकर्मीलाई बोधार्थ पठाउँदै निर्णय कार्यान्वयनका लागि ७ दिनको समय दिएको छ।

हेल्थ असिष्टेन्ट सुशिला काप्री, अनमी राधा कुवँर, सिअनमी सुमित्रा खड्का र सिअहेव  इन्द्रकला बेल्बासेलाई निर्णय कार्यान्वयका लागि बोधार्थ पठाएको छ।

कोरोना भाइरस संक्रमणको बढ्दो संख्यासँगै स्वास्थ्यकर्मीहरुलाई सामाजिक समस्या परिरहेको अवस्थाले नगरपालिकाले पनि आवास छोड्न भनेको छ।

पछिल्लो समय कोरोना भाइरसको त्रासका कारण स्वास्थ्यकर्मीहरुलाई उनीहरु बसेको समुदाय, घरबेटी लगायतबाट विभिन्न खाले तनाव दिने, समुदाय वा घर छोड्न धम्की दिनेजस्ता कार्य भइरहेको छ।

यस्तो अवस्थाले नगरपालिकाले भने भदौ २ गते प्राथमिक स्वास्थ्य केन्द्र, चाल्नाखेलका प्रमुख डा सरीता विकलाई पत्र पठाउँदै मेडिकल डाक्टरले प्रयोग गरेको बाहेक स्वास्थ्यकर्मीहरुले प्रयोग गरेको  स्थान खाली गर्न भनेको हो।

नगरपालिकाका योजना तथा प्रकाशकीय अधिकृत दीपककुमार केसीले स्वास्थ्यकर्मी बसेको आवासमा आइसोलेसन सेन्टर स्थापन गर्नुपर्ने भएको भन्दै ७ दिनभित्र आवास खालि गर्न पत्र पठाएका छन्।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।