बाढीले वडा कार्यालय बगायो

सेयर गर्नुहोस्
1Shares

ई–साझाकुरा, भदौ ३

जाजरकोटमा अविरल वर्षासँगै आएको बाढीले वडा कार्यालय बगाएको छ । गएराति आएको बाढीले शिवालय गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो ।

जाँत खोलामा आएको बाढीले वडा कार्यालय भवनका साथै नजिकै रहेको ट्रस पुल पनि बगाएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी राजेशनाथ वास्तोलाले जानकारी दिए ।

वडा नम्बर ६ कै १५० घर पहिरोको जोखिममा रहेकाे उनले बताए । लोतपाखा, ठकुरी जाँत, रोकाय जाँत, रिसिना, धिरपना, टोटापोखरा र पाल्तका घरहरु पहिरोको जोखिममा परेका हुन ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट बुटवलको तरकारी थोक बजारबाट कोरोना संक्रमण फैलिने त्रास
अगिल्लो पोस्ट २२ घर बाढीले बगायो, १९ वेपत्ता, ४ शव फेला