हेटौंडामा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्
9Shares

ई–साझाकुरा, भदौ ३

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । मंगलबार राति मृत्‍यु भएका हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलकी ६१ वर्षका वृद्धामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । लामो समयदेखि बिरामी उनी स्वासप्रश्वासमा समस्या देखिएपछि हेटौंडा अस्पतालमा भर्ना भएका थिए ।

मृत्युपछि प्रादेशिक ल्याब हेटौंडामा गरिएको परीक्षणमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले जानकारी दिए । उनको स्वाब सोमबार नै  लिइएको भए पनि प्रयोगशालामा चाप धेरै  भएकाले रिपोर्ट आउन ढिला भएको चौलागाईको भनाइ छ ।

कोरोना संक्रमणका कारण मकवानपुरको हेटौंडामा पहिलो पटक मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो बनाउने समूहका ९ जना पक्राउ
अगिल्लो पोस्ट बुटवलको तरकारी थोक बजारबाट कोरोना संक्रमण फैलिने त्रास