गृह पृष्‍ठ खबर राष्ट्रकवि घिमिरेको पशुपतिमाअन्त्यिष्ट गरिने

राष्ट्रकवि घिमिरेको पशुपतिमाअन्त्यिष्ट गरिने

सेयर गर्नुहोस्
1Shares
ई-साझा, भदौ ३
काठमाण्डाै – राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि आज गरिदैछ । केही समयदेखि बिरामी हुनुभएका राष्ट्रकवि घिमिरेको हिजो बेलुकी १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको हो ।

उहाँको अन्त्यष्टि आज पशुपतिमा गरिने परिवारले जनाएको छ । नेपाली सेनाले अन्तिम सलामी अर्पण गर्नेछ । शव बाहन ,बोक्ने व्यक्ति र परिवारले चाहे अनुसार घिमिरेको दाहसंस्कार गरिने सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

योग र ध्यानलाई आफ्नै दैनिक जीवनको हिस्सा बनाएका घिमिरेले गौरी खण्डकाव्यमा आफ्नो पहिलो पत्नी गौरीको निधनको मार्मिक बिलौना गर्नु भएको छ । उमेर बढ्दै गएसँगै र पछिल्लो वर्षको अस्वस्थताको कारणले घिमिरेलाई केही औषधि खानु परे पनि उहाँले १०१ वर्षसम्म पनि स्वस्थ्य जीवन बाँच्नुभयो ।

२०७४ साल फागुन २ गते उहाँलाई सेनाले मानार्थ ब्रिगेडियर जनरलको उपाधिले सम्मानित गरेको थियो । १९७६ साल असोज ७ गते लमजुङको साबिक बाहुनडाँडा गाविसको पुस्तुनमा जन्मिनु भएका घिमिरेले कवितासँगै साहित्यका अन्य विधामा पनि कलम चलाउनुभएको छ ।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनु भएको छ । तिमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ । उहाँका ‘नवमञ्जरी, ‘घामपानी, ‘नयाँ नेपाल र ‘किन्नरकिन्नरी आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपालीजस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै
अगिल्लो पोस्ट पाटन, धरान र वीरगञ्जमा चार कोरोना संक्रमितको मृत्यु