भीमसेन गोलाको बीएण्ड बी मासु पसलमा २२ बोरा मरेको कुखुरा भेटियो

सेयर गर्नुहोस्
1Shares

ई–साझाकुरा, भदौ २

काठमाडौंको भीमसेनगोलामा रहेको बी एण्ड बी मिटसपबाट बिक्रीका लागि राखिएको २२ बोरा कुखुराको मासु बरामदपछि नष्ट गरिएको छ ।

गुणस्तरहीन मासु बिक्रीको आरोपमा मीट मार्टलाई वाणिज्य विभागले तीन लाख रुपैयाँ जरिवाना समेत गरेको छ ।

विशेष सुराकीको आधारमा बानेश्वर प्रहरीले बरामद गरेको मासु सोमबार वाणिज्य विभागले पशु चिकित्सकसमेतको रोहबरमा निरिक्षण गरेको थियो ।

मृत कुखुरालाई ताजा मासुको रुपमा बिक्री गर्न लागेको पाइएपछि जरिवाना गरेर नष्ट गर्न निर्देशन दिइएको विभागका निर्देशक एवं अनुगमन शाखा प्रमुख सागर मिश्रले जानकारी दिए ।

प्रहरीले मंगलबार कुखुरा नष्ट गरेको र कालोबजारी ऐन अन्तरगत जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कारबाही अघि बढाउने निर्देशक मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट दाङको पाखापानिमा टिप्परको ठक्करबाट एक बालकको ज्यान गयो
अगिल्लो पोस्ट पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना संक्रमण