कपिलवस्तुमा २० जना कोरोना संक्रमित थपिए

सेयर गर्नुहोस्
23Shares

ई–साझाकुरा, भदौ २

कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कार्यलयका अनुसार संक्रमित मध्य एक जना वाणगंगा नगरपालिका १ बैरियाका हुन भने अन्य १९ जना कपिलवस्तु नगरपालिका तौलिहवाका संक्रमित रहेका छन् ।

तौलिहवामा थपिएका संक्रमित मध्ये एक जना शिक्षक, चार जना बिद्यार्थी, चार गृहणी, एक जना प्रहरी, गौरी हेल्थ पौस्टका हेल्पर, किराना पसले एक जना छन । यस्तै सुसारे एक र उनकी छोरी, एम्बुलेन्स ड्राईभर, एक जना, मर्यादपुरमा कोल्ड स्टोर संचालन गरेका एक ब्यापारी, कस्मेिटक पसलका एक जना तथा नगरपालिकाको वडा नम्बर ३ का समुदायस्तरका २ जना छन ।  बाणगंगा नगरपालिका– १ बैरीयाका गल्ला ब्यापारी समेत कोरोना संक्रमित भएका हुन ।

आज मंगलबार थपिएका सबै समुदायका रहेका छन् । यो संगै जिल्लामा संक्रमित संख्या ९६७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट मृतक महिलाकी छोरीलाई पनि देखियो कोरोना
अगिल्लो पोस्ट गगनले भने काठमाडौं सहितका ‘हटस्पट’मा जनस्वास्थ्य आपतकाल घोषणा गर्नुस्