ई–साझाकुरा, भदौ २
प्यूठानमा जंगली च्याउको तरकारी खाएका दाजुभाइको ज्यान गएको छ । बुबाआमा र अर्का छोरा बिरामी परेका छन् ।नौबहिनी गाउँपालिका ६ बाहनेका ३३ वर्षका विष्णु घर्तीका छोराहरु १३ वर्षका सुगम र १५ वर्षका सुरेशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका विष्णुसहित उहाँकी ३० वर्षकी श्रीमती लीला र १७ वर्षका छोरा शशीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बिरामीको अवस्था सामान्य रहेको रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।