चितवनमा सशस्त्र प्रहरीका ४२ जनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्
76Shares

ई–साझाकुरा, भदौ २

चितवनमा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । तीमध्ये ४२ जना सशस्त्र प्रहरी  रहेका छन् ।

पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४० पुरुष र २ महिला छन् । उनिहरु १९ देखि ५५ वर्ष उमेर समूहका हुन् ।

कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएकाे हाे । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरको सेन्ट्रल अस्पताल,आशा अस्पताल र पुस्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।

सोमबार कुल ३ सय ५५ नमुना परीक्षण गरिएको थियो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट सीपीएल आजबाट सुरु हुँदै, सन्दीप सम्मिलित जमैकाको खेल भोलि
अगिल्लो पोस्ट बार्सिलोनाले स्वारेज, ग्रिजमेनसहित ६ खेलाडी बेच्ने, क्लवले ठूलै निर्णय नगरे मेस्सी पनि हट्ने !