माक्स लगाउ भन्दा कपिलवस्तुमा ३ प्रहरी कुटिए

सेयर गर्नुहोस्
5Shares

ई–साझाकुरा, भदौ १

कपिलवस्तुमा माक्स लगाउन आग्रह गर्ने प्रहरीमाथि  कुटपिट गरिएको छ ।  शुद्धोधन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाई हिडने युवाहरुलाई कारबाही गर्न खोज्दा तीन प्रहरीमाथि कुटपिट भएको हो ।

लवनी प्रहरी चौकीमा कार्यरत हवल्दारसहित ३ जनाको स्थानीयको कुटाईबाट टाउकोमा गम्भीर चोट लागेको छ ।

घटनामा घाईते भएका प्रहरी हवल्दार बिनोद कुमार बरुण, प्रहरी जवानहरु जियावन कोहार र महेन्द्र यादवको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

ओरापीको पहिचान भएको भएपनि उनीहरु फरार भएको र उनिहरुको खोजिकार्य भईरहेको प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एसईईकाे परीक्षाफल प्रकाशित
अगिल्लो पोस्ट अस्पतालहरु संक्रमितले भरिदै, आइसीयू र भेन्टिलेटरमा एक सय जनाको उपचार हुँदै