चितवनमा हवाई फायर

सेयर गर्नुहोस्
54Shares

ई–साझाकुरा, भदौ १

चितवनको राप्ती नगरपालिका-१ लोथरमा निषेधाज्ञा लागू गराउने क्रममा सोमबार प्रहरीले हवाई फायर गरेको छ।

करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए।

कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न प्रशासनले त्यहाँ निषेधाज्ञाको निर्णय गरेको थियो। सो निर्णय नमान्ने भन्दै स्थानीयहरू प्रदर्शनमा निस्केका थिए।

‘सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले छेउमा गएर सम्झाइ-बुझाइ गर्न सकिएन, एक राउन्ड हवाई फायर गरेर मानिसहरूलाई भगाइएको हो,’ लामाले भने।

हवाई फायर भएपछि स्थिति सामान्य अवस्थामा आएको लामाले बताए।

 

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट न्यूजिल्याण्डको आम चुनाव एक महिना पछि हुने
अगिल्लो पोस्ट कुलमानको कमाल : विद्युत् प्राधिकरण बन्यो सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान