धोनीलाई राजनीतिमा लाग्न प्रस्ताव

India's Mahendra Singh Dhoni walks off for 50 during the 2019 Cricket World Cup first semi-final between New Zealand and India at Old Trafford in Manchester, northwest England, on July 10, 2019. (Photo by Dibyangshu Sarkar / AFP) / RESTRICTED TO EDITORIAL USE
सेयर गर्नुहोस्
131Shares
एजेन्सी ३२ श्रावण २०७७, आईतवार
शनिबार अन्तराष्ट्रिय क्रिकेट करियरबाट सन्यास घोषणा गरेका भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई राजनीतिमा लाग्न प्रस्ताव आएको छ ।
Mahendra Singh Dhoni
आइतबार भारतीय जनता पार्टी (भाजपा) का राज्यसभा सांसद सुब्रमण्ड्यम स्वामीले धोनीलाई २०२४ को लोकसभाको निर्वाचनमा लड्नुपर्ने प्रस्ताव गरेका हुन् । स्वामीले क्रिकेटको योगदान सामाजिक जीवनमा पनि चाहिएको बताएका छन् ।
स्वामीले ट्वीट गर्दै, ’महेन्द्र सिंह धोनीले क्रिकेटबाट सन्यास लिनु अन्य कारणले होईन । बाधाहरुसँग लड्ने उनकी प्रतिभा र टिम नेतृत्व गर्ने जुन क्षमता उनले क्रिकेटमा देखाएका छन्, त्यो सार्वजनिक जीवनमा धेरै आवश्यक छ । उनले २०२४ को लोकसभा चुनाव लड्नु पर्छ ।

धोनीको बिदाई खेल हुनुपर्ने माग

एमएस धोनीको सन्यास घोषणापछि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शनिवार ट्वीट गर्दै(“देश र झारखण्डलाई गौरान्वित बनाउने महेन्द्रसिंह धोनीले आज अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । अब हामीले झारखण्डका गौरवलाई नीलो जर्सीमा देख्न पाउने छैनौं । तर, देशवासीहरुको मन भने भरेको छैन । म चाहन्छु माहीको लागि एउटा बिदाई म्याच रांचीमा खेलियोस् ।“
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट साहित्यकार भारद्धाजको कविता : हो ज्ञान यो शाश्वत
अगिल्लो पोस्ट वाणगंगा १ मा पनि देखियो समुदायमा कोरोना