नवजात शिशुमा देखिने खतराका १२ लक्षण र स्याहार गर्ने १० तरिका

A happy baby lying on white sheet
सेयर गर्नुहोस्
169Shares
नवजात शिशु स्याहार गर्ने तरिका
१. नवशिशु जमिने बित्तिकै सफा, नरम कपडाले पुछेर सुख्खा पर्नुपर्छ।
२. नवशिशुको नाभी काट्ने बित्तिकै नाभी मलम लगाउनुपर्छ, अन्य कुनै कुरा लगाउनु हुँदैन।
३. नवशिशुलाई जन्मेको १ घन्टाभित्र आमाको बिगौती दूध खुवाउनुपर्छ।
४. नवशिशुलाई आमाको छातीमा टाँसेर न्यानो पारेर राख्नुपर्छ।

५. नवशिशुलाई २४ घन्टासम्म नुहाउनु हुँदैन।६. ठूला बच्चाभन्दा नवशिशुहरु चाँडै बिरामी हुने र चाँडै सिकिस्त हुने हुनाले विशेष ध्यान दिनु आवश्यक छ।
७. नवशिशुलाई संक्रमण हुनबाट जोगाउन धेरै भीडभाड भएको स्थानमा नलग्ने, शिशुलाई छुँदा, स्तनपान गराउँदा साबुनपानीले मिचीमिची हात धुनुपर्छ।
८. नवशिशुलाई २४ घन्टामा कम्तिमा १० देखि १२ पटकसम्म आमाको दूध खुवाउनुपर्छ।
९. शिशुलाई जन्मेदेखि ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध मात्र खुवाउ पर्छ अन्य कुरा खुवाउनु हुँदैन।
१०. नवशिशुलाई खतराका लक्षणहरु देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ।
नवशिशुमा देखिने खतराका लक्षण
१. कम्पन आउने,                                              
२. सास फेर्न गाह्रो हुने/छिटोछिटो सास फेर्नु,
३. धेरै कम तौलको बच्चा हुनु,
४. धेरै ज्वरो आउनु,
५. बच्चाको हातखुट्टा चिसो हुनु,
६. दूध चुस्न नसक्नु,
७. नाइटोबाट रगत वा पिप बग्नु,८. आँखा र छाला पहेँलो देखिनु,
९. बच्चा सुस्त वा बेहोस हुनु,
१०. जन्मेको २४ घन्टासम्म बच्चाले दिशा-पिसाब नगर्नु,
११. बच्चाको शरीरभरि बिबिरा/ फोका आउनु,
१२. आँखा रातो हुनु, सुनिनु वा पिप बग्नु। आदि।
प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एक घन्टा बढी सुत्दा कति हुन्छ फाइदा ?
अगिल्लो पोस्ट नौवस्तामा नयाँ औद्योगिक क्षेत्र निर्माणमा देखिएको अवरोध हट्यो