थप २२ प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सेयर गर्नुहोस्
2Shares

ई–साझाकुरा, साउन ३१

सप्तरीमा थप २२ जना प्रहरीसहित २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा कोरोना सङ्क्रमितको संख्या ६ सय ६५ पुगेको छ । प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश नं. २ जनकपुर सम्पर्क कार्यालय राजविराजमा कार्यरत २२ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

तालिम केन्द्रका ३५ जनाको स्वाब परीक्षणको रिपोर्टमा उनीहरुको रिपोट पोजेटिभ आएको उहाँको भनाइ छ । यसअघि १२ जना प्रहरीमा कोरोना सङक्रमण पुष्ट भएको थियो ।

गएको असार ८ गतेदेखि नै सप्तरीमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।