पहिराेमा पुरियाे वस्ती, उद्धार गर्न सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर

सेयर गर्नुहोस्
28Shares

ई–साझाकुरा, साउन ३०

जिल्लाकाे जुगल गाउँपालिका- २, गाेल्चेकाे लिदीमा अविरल वर्षासँगै भीषण पहिराे गएकाे छ । पहिराेमा कम्तिमा पनि ७ घर पूर्ण रूपमा पुरिएकाे स्थानीयवासीले बताएका छन् । उनीहरूका अनुसार करिब २५ घरमा पहिराेबाट क्षति पुगेकाे छ ।

शुक्रबार बिहान करिब ६ बजेतिर वस्तीमाथिबाट पहिरोले खसेर घरहरु पुरिएकाे बताइएकाे छ । केही घर-परिवारका सदस्यहरु सम्पर्कविहीन रहेकाले ठूलाे मानवीय क्षति समेत भएकाे हुन सक्ने अड्कल गरिएकाे छ । केही स्थानीय भने पहिरोबाट निस्किएर नजिकै लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् ।

अहिले उद्धारका लागि नेपाली सेनाकाे हेलिकाेप्टर घटनास्थलतिर जाँदै गरेकाे बताइएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट एउटै वडामा २० जनामा कोरोना संक्रमण पुष्टि
अगिल्लो पोस्ट हेलिकप्टरमा सिन्धुपाल्चोक गए सभामुख सापकोटा