एथ्लेटिकोलाई स्तब्ध बनाउँदै लेइपजीग सेमिफाइनलमा

सेयर गर्नुहोस्
343Shares

ई–साझाकुरा, साउन ३०

स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई हराउँदै आरबी लेइपजीग पहिलोपटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । क्लब स्थापना भएको ११ वर्षमा नै टोली युरोपको सर्वोच्च प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ड्यानी ओल्मोले लेइपजीगलाई अग्रता दिलाए । तर, जोआ फेलिक्सले पेनाल्टीबाट खेल बराबरी गरे पनि खेल सकिन २ मिनेट बाँकी छँदा टाइलर एडम्सले गोल गर्दै एथ्लेटिकोलाई स्तब्ध बनाए ।

नकआउट चरणमा एथ्लेटिको कुनै जर्मन टोलीसँग पराजित भएको यो पहिलो अवसर हो । यसअघि एथ्लेटिकोले बायर लेभरक्युजन र बायर्न म्युनिखलाई हराउन सफल भएको थियो ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट नेपालमा सुनौलो कछुवा फेला
अगिल्लो पोस्ट कोशी अस्पतालको आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु