कुखुराको मासुमा पनि देखियो कोरोना भाइरस

सेयर गर्नुहोस्
383Shares

एजेन्सी, २९ साउन ।

ब्राजिलबाट चिनमा आयात गरिएको कुखुराको मासुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ ।शेन्जेनको लंगग जिल्लामा आयात गरिएको कुखुराको पखेटामा बुधवार कोरोना भाइरसको संक्रमण पत्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रान्डको नाम भने नलिएको जनाएको छ ।

शेन्जेन स्वास्थ्य अधिकारीहरूले उत्पादनको साथ सम्पर्कमा आएकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको परिणामहरू नकारात्मक आएको जनाएको छ । हाल सबै सम्बन्धित उत्पादनहरू बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) र युएस रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) लगायत स्वास्थ्य अधिकारीहरूले भनेका छन् , ‘खानाको माध्यमबाट भाइरस सर्ने सम्भावना कम छ।’

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट काउन्सिल परीक्षा दिन नपाएका चिकित्सकलाई कोरोना अवधिभर अस्थायी लाइसेन्स उपलब्ध गराउन चिकित्सक संघको माग
अगिल्लो पोस्ट आज – ३० साउन २०७७ शुक्रवार को राशिफल