लगातार कोरोना संक्रमितहरुको संख्या बढेपछि विराटनगर महानगरपालिकाले साउन १६ गते देखि ३० गते सम्म दुई साताका लागि लकडाउन लगाएको थियो । तर संक्रमितहरुको संख्या झन बढेकोे र कोरोनाको चेन ब्रेक गर्न लकडाउन थप गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्तर जिल्ला आवतजावत नियन्त्रण गर्ने र सिमामा कडाई गर्ने निर्णय गरे संगै महानगरपालिका स्तरीय सिसिएमसीको बैठकले लकडाउनको अवधि बढाउने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिनु भयोे ।
विराटनगरमा बिहिवार एकैदिन ६० जना कोरोना संक्रमित फेला परेका छन् । विराटनगर महानगरपालिका क्षेत्र भित्र अहिले सम्म ४ सय १५ जनामा कोरोना पोजेटिभ पाइएको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।