तस्करीको राँगा बरामद गर्न रौतहटमा १५ राउण्ड हवाइ फायर

सेयर गर्नुहोस्
76Shares

ई–साझाकुरा, साउन २९

भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेकोछ । भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको खड्काले जानकारी दिए । स्थानीयसँगको झडप हुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको उनले बताए ।

सीमा नाकामा कडाइ गरेका बेला रौतहटमा तस्कर समुहले भने भारतबाट अवैध रुपमा राँगाभैंसीलगायत विभिन्न् वस्तुको निर्वाध तस्करी गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट जगदम्बा स्टिलबाट ६ जना कोरोना संक्रमित सम्पर्कविहीन
अगिल्लो पोस्ट विराटनगर महानगरपालिकाद्वारा लकडाउन पुनः एक साताका लागि थप