जगदम्बा स्टिलबाट ६ जना कोरोना संक्रमित सम्पर्कविहीन

सेयर गर्नुहोस्
21Shares

ई–साझाकुरा, साउन २९

जगदम्बा स्टिल सिल

 कोरोना भाइरस संक्रमण पुष्टि भएका बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिमा कार्यरत ६ जना सम्पर्कविहीन भएका छन् । साउन २५ गते उद्योगमा कार्यरत ११ जना कामदारमा कोरोना स‌ंक्रमण पुष्टि भएकोमा ६ जना संक्रमित सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण दुई दिनभित्र सार्वजनिक गर्न आदेश दिँदै उक्त उद्योगलाई सिल गरेको छ ।

उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारी मध्ये १ सय २३ जनाको स्वाबको नमुना परीक्षण गर्दा  ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरुले समुदायमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेको गुनासो आएपछि उद्योग सिल गर्नुको साथै संक्रमतिको विवरण सार्वजनिक गर्न आदेश दिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

उद्योगकोतर्फबाट संक्रमित व्यक्तिहरुलाई राख्न उद्योग परिसर बाहिर छुट्टै आइसोलेसन सेन्टरको व्यवस्था गराउनुपर्ने, संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको (परिवार समेत)को पीसीआर परीक्षण गर्ने व्यवस्था उद्योगले मिलाउनुपर्ने, सम्पर्कविहीन भएका संक्रमितहरुको वतन, सम्पर्क नम्बर पत्ता लगाएर प्रशासन, स्वास्थ्य संस्थासँग सम्पर्कमा ल्याउने र उनीहरुलाई आइसोलेसनमा राख्नुपर्ने आदेश प्रशासनले दिएको छ ।

यी कार्यहरु पुरा गर्न दुई दिनको समय दिएको र साउन ३२ गतेसम्मका लागि उद्योग सिल गरिएको प्रजिअ पण्डितले जानकारी दिए ।

‘उद्योगभित्रको मानिस बाहिर आउनु भएन, भित्र भएका मानिसका लागि आवश्यक राशन पानीको प्रबन्ध गर्न पूर्वतर्फको एउटा प्रवेशद्वार प्रयोग गर्न भनेका छौं ,’ प्रमुख जिल्ला अधिकारी पण्डितले भने, ‘सम्पर्कविहीन भएका संक्रमितहरुको विवरण दुई दिनभित्र सार्वजनिक गर्न भनेका छौं ।

प्रशासनले निषेधाज्ञा अवधिभर भारतबाट सुख्खा बन्दरगाह, आईसीपी वा वीरगञ्ज भन्सार हुँदै ढुवानी भई आउने कच्चा सामाग्रीहरुको सवारी साधनलाई प्रवेश गर्न नदिने र उद्योगभित्र तयारी अवस्थामा रहेका सामाग्रीहरुको निकासी गर्नमा समेत रोक लगाएको छ ।

प्रशासनले नेपाल सरकार मन्त्री परिषद्को साउन २६ गतेको निर्णय अनुसार दक्ष/अर्धदक्ष/ श्रमिक कामदारको रुपमा कुनैपनि जनशक्ति ल्याउन नपाइने भएकोले कुनैपनि उद्योगमा भारतीय कामदारहरुलाई प्रवेश गर्न नदिइने, साउन १४ गते प्रकाशित सूचना अनुसार केही उद्योगभित्र कार्यरत श्रमिक, कामदार, कर्मचारीको विवरण प्राप्त नभएकोले तीन दिनभित्र पेश गर्न पनि प्रशासनले भनेको छ ।

त्यस्तै पथलैया–वीरगञ्ज करिडोरमा रहेका उद्योगहरुमा इलाका प्रशासन कार्यालय सिमराको प्रमुख वा निजले तोकेका अधिकृत कर्मचारीको नेतृत्वमा स्थानीय तह, प्रहरी, तथा सम्मबद्ध पक्षहरुको समितिले स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालन गरे/नगरेको अनुगमन गरी पालना गर्न र स्वास्थ्य परीक्षण गर्न लागाउने र अभिलेख संकलन गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट स्वाब दिएपछि घरबाहिर ननिस्कौँ, रिपोर्ट नआउञ्जेल आइसोलेशनमा बसौँ : स्वास्थ्य मन्त्रालय
अगिल्लो पोस्ट तस्करीको राँगा बरामद गर्न रौतहटमा १५ राउण्ड हवाइ फायर