सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा अबैध औषधी नष्ट

सेयर गर्नुहोस्
2Shares

 अजय मिश्र, कृष्णनगर, साउन २९

सशस्त्र प्रहरी बल कृष्णनगर ले आज आफ्नै गुल्म को प्रांगण मा औषधि नष्ट गरेको छ। कृष्णनगर नगरपालिका वडा नम्बर १ को लिंकगेट भन्दा ४ सय मिटर पुर्व पालमा ड्युटीमा रहेको शसस्त्र प्रहरी सहायक हवलदार कमल प्रसाद पौडेलको ३ जनाको डिउटी टोलीले चेक जाच गर्दा झोला फाली मानिस भागेको र रकम सहित उक्त औषधि फेला परेको ले हिजो बराम गरिएको अबैध रकम संगै उक्त औषधि झोला मा रहेको थियो ।

(Yogoras-10) २ पत्ता,(Flunarizine -5) ३ पत्ता, (AlprazolM-0.5) २ पत्ता, (DiDiazepam) १५ पत्ता, (Savazol-D) ३ पत्ता, (Olmesertan medoxomil) १४पत्ता, (Zoryl m p-1) १३ पत्ता, (Thitrac-plus) ३ पत्ता औषधि रहेको छ । जस्को अनुमानित मूल्य सात हजार तीन सय छ्याहत्तर रहेको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म हे. क्वा. का सशस्त्र प्रहरी निरीक्षक संगित भट्ट ले जानकारी दिए । पत्रकार, कृष्णनगर स्वास्थ्य चौकीका प्रतिनिधि जमाल अहमद र सशस्त्र प्रहरी लगायत को रोहबरमा उक्त औषधि नष्ट गरिएको छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट २४ घण्टामा ५२५ जनामा काेराेना सङ्क्रमण
अगिल्लो पोस्ट स्वाब दिएपछि घरबाहिर ननिस्कौँ, रिपोर्ट नआउञ्जेल आइसोलेशनमा बसौँ : स्वास्थ्य मन्त्रालय