शव बोकेको एम्बुलेन्स तुलसीपुरमा दुर्घटना – ३ जना घाइते

सेयर गर्नुहोस्
37Shares

तुलसीपुर । शव लिएर आउँदै गरेको एम्बुलेन्स तुलसीपुर अमिलिया सडक खण्डको अम्राई खोलामा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्य २ जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।

गम्भिर घाइते चालक दंगीशरण गाउँपालिका–२ निबासी ३४ बर्षका मिठु चौधरी, तुलसीपुर–१८ निबासी ४४ बर्षकी पुष्पा पुनमगर र सामान्य घाइते उनकी २१ बर्षकी छोरी रोजिना बोहोरालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । नेपालगन्जबाट शव लिएर बिजौरीका लागि छुटेको रा१च ३४८ नम्बरको एम्बुलेन्स अनियन्त्रीत भएर पल्टिदा बाटोदेखि एक सय मिटर तल खसेको प्रवक्ता डम्बरपालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पोखरा महानगरको राजश्वमा कर्मचारीको ब्रम्हलुट, नेता मौन
अगिल्लो पोस्ट कोरोना कहर : प्रकृतिको अपेक्षा र मानविय व्यवहार