
एजेन्सी – कोरोना भाइरसको संक्रमण फैलिएको सात महिनापछि विश्वमै पहिलो पटक रूसले तयार पारेको कोरोना भाइरसविरूद्धको खोपको माग उच्च भएको छ ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोनाविरुद्ध संसारको पहिलो खोप ‘स्पुतनिक भी’ सफल परीक्षण भएर मान्यता दिइएको उल्लेख गरेलगत्तै विश्वका विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन् ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोका अनुसार खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिनेछ ।
रूसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त खोप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीमासमेत प्रयोग गरिएको छ ।
पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोनाविरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् ।
उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड-१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्ने गामालिया रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।
तर, विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले भने क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा खोपमा रूसले तयार पारेको भनेर दाबी गरेको खोप नपरेको बीबीसीले जनाएको छ ।
साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, Twitter र YouTube मा पनि जोडिन सक्नुहुन्छ ।