महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि

सेयर गर्नुहोस्
25Shares

महोत्तरीमा दाह संस्कारपछि एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

महोत्तरीको मठियानी नगरपालिका वडा नं ६ का ४५ वर्षीय पुरुषको दाह संस्कारपछि कोरोना संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद कटुवालले बताए।

मधुमेह र फोक्सोका रोगी रहेका संक्रमित पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरधामको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो।

मृत्यु पछि स्वाब लिएर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए। तर रिपोर्ट आउन भन्दा पहिला नै शवलाई जलाइएको छ।

यता मृत्कको दाहासँस्कारमा गएका र सम्पर्कमा आएका करिब ५६ जना स्वाब अहिले कलेक्शन भईरहेको मठिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।

अहिले मठियानीको बजार क्षेत्र र वार्ड नं ६ पुर्ण रुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट राप्रपाले आधारपत्रको कार्यान्वयनका लागि गठन गर्‍यो सुझाव समिति
अगिल्लो पोस्ट टिकटकसँग किन डराइरहेको छ अमेरिका ?