भदौ १६ बाट आन्तरिक उडान नखोले आन्दोलन गर्ने वायुसेवा सञ्चालकको चेतावनी

सेयर गर्नुहोस्
272Shares
वायुसेवा सञ्चालकहरुले आउँदो भदौ १६ बाट पनि आन्तरिक हवाइ उडान गर्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्। वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो।

सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक हवाइ सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि पुनः उडान सञ्चालन नभए आन्दोलन गर्न बाध्य हुने अवस्था सृजना हुनेछ।’

संघले विश्वका सबै देशले आन्तरिक उडान गरिरहेको भन्दै नेपालमा पनि आन्तरिक उडान खोलिदिन आग्रह गरेको हो। उसले हवाइसेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने बताउँदै भदौ १ देखि नै कम्पनीहरु उडानको लागि पूर्ण तयार भए पनि प्रतिबन्ध लम्ब्याएकोमा दुःख व्यक्त गरेको छ।

देशभर बाढीपहिरो, अशक्त, बिरामी, सुत्केरी लगायतको उद्धारका लागि नियमित उडान नहुँदा ठूलो असर परेको संघको दाबी छ। त्यस्तै उसले हवाइ क्षेत्रमा आश्रित मजदुरको रोजीरोटी गुमिरहेको तथा हवाइ उद्योग नै धराशायी बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट वैज्ञानिकले दिए चेतावनी, कोरोनाबाट यस्ता महिलालाई धेरै खतरा !
अगिल्लो पोस्ट हेल्मेटमा लुकाएर ब्राउन सुगर ओसारपसार गर्ने दुई जना पक्राउ