होटल रेस्टुरेन्ट बन्द गर्ने सरकारको निर्णय, प्याकिङ गरेर बेच्न मात्रै पाइने

सेयर गर्नुहोस्
53Shares

ई–साझाकुरा, साउन २७

सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना/खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।

यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लाे समय नेपालमा काेराेना सङ्क्रमणकाे जाेखिम बढिरहेकाे छ ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।