तिनाउमा टिप्परका सहचालक मृत फेला, हत्याको आशंका

ई–साझाकुरा, साउन २७

बुटवल-पाल्पामा एकजना टिप्परका सहचालक मृत अवस्थामा फेला परेका छन्। तिनाउ गाउँपालिका ३ का २४ वर्षीय इन्द्र बहादुर लम्तरी मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ।

उनको घाँटीमा निलडाम र खुट्टामा रगतका छिटा देखिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको शव घरनजिकैको पौवामा फेला परेको हो।

प्रतिक्रिया