घर भत्किएर डोटीमा चार जनाका ज्यान गयो

सेयर गर्नुहोस्
63Shares

साउन २७, काठमाडौं घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो। घटनामा चार जना घाइते भएका छन्। राति करिब साढे एक बजे भत्किएको गाउँपाकिाका स्वास्थ्य संयोजक बमबहादुर खड्काले बताए। । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा लोहार, छोरा १० वर्षीय पारस विक, ५ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको खड्काको भनाइ छ। दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो। घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेका छन्। घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भदौ १५ सम्म सार्वजनिक यातयात र हवाई उडान नचल्ने
अगिल्लो पोस्ट ताजझाम बिनको कृष्ण जन्माष्टमी पर्व, कोरोनाले छैन उत्साह