मादक पदार्थ सेवन पछिको ख्यालठट्टामा एक जनाको ज्यान गयो

साउन २६, बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा ख्यालठट्टाका क्रममा एकजनाको ज्यान गएको छ । वडानम्बर ३ सितापुर बस्ने ओमप्रकाश यादबले स्थानीय जंगबहादुर बेलदारलाई उचालेर पर्छादा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मादक पदार्थ सेवन गरी हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । त्यसपछि उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया