जिल्ला प्रशासन कपिलवस्तुको अर्काे निर्णय, एक हप्ता पूर्ण रुपमा जिल्ला शिल भयो

सेयर गर्नुहोस्
97Shares

साउन २६ कपिलवस्तु, समुदाय स्तर सम्मै कोरोना तिव्र गतिमा फैलिन थाले पछि कपिलवस्तुमा जिल्ला प्रशासन कार्यालयले थप कडाईको घोषणा गरेको छ ।

केही दिन अघि १० दिन जिल्ला भर आशिंक कडाईको घोषणा गरेको तीन दिन पछि आज पुनः जिल्लामा अत्यावस्यक बाहेक सबै क्षेत्र बन्द हुने गरी अर्काे सूचना आएको हो । भोलि बिहान आर्थत साउन २७ गते मंगलबारेबाट थप कडाइ गरिने भएको हो । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थिति भयावह हुन नदिनको लागि थप कडाइ गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवामा आज बसेको सुरक्षा संयन्त्रको वैठकले भोलिबाट थप कडाई गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । वैठकले अत्यावश्यक सेवा बाहेक अरु सबै सेवाहरु बन्द गर्न आह्वान गरेको छ । एम्बुलेन्स तथा शव बाहन सेवा, औषधी, तरकारी, दूध, किराना तथा खाद्य पदार्थको किनबेच बाहेक अरु सबै सेवा बन्द हुनेछन् ।

जिल्ला प्रशासन कार्यालयले जिल्लामा अत्यावश्यक सेवा अन्र्तगतका पसल संचालनका लागि पनि निश्चित समय निर्धारण गरेको छ । साउन ३२ गतेसम्म विहान ८ देखि बिहान १० बजे सम्म दिनको २ घण्टा मात्र ती पसल खुल्न पाउने छन् भने अन्य सबै पसल पूर्ण रुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम आजको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । गत साउन २२ देखि ३२ गतेसम्मका लागि बैकिङ र सार्वजनिक संस्थाका सार्वजनिक कामकाज ठप्प छन् भने सार्वजनिक यातायात पनि बन्द छन् । तर बजार र निजी सवारी साधन भने खुला रहँदा संक्रमण रोकिएको थिएन् । अहिले जोर बिजोर संचालन भएका सवारी पनि अब भोली देखि पूर्ण रुपमा बन्द हुने भएका छन् । आजको वैठकपछि अब जोर विजोर प्रणालीमा चलेका निज सवारी पनि चल्न बन्द हुने छन् भने पूर्व पश्चिम राजमार्ग भएर चल्ने सवारीमा पनि कपिलवस्तु क्षेत्रबाट चढ्ने र ओर्लने कार्य बन्द हुने छ ।


यसैबिच कपिलवस्तु अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कपिलवस्तु जिल्ला अस्पतालले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको बताए । अस्पतालका विभिन्न वार्डमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि आउने बिरामी र सर्वसाधारणमा संक्रमण नफैलियोस् भनेर आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको अस्पतालका सुपरिन्टेन्डेन्ट डा किशोर बन्जाडेले बताए । साउन २५ गते अस्पतालका फाँट प्रमुख, चिकित्सकहरु र सरोकारवालाको आन्तरिक बैठकको निर्णय अनुसार सेवाग्राहीलाई संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वाब संकलन गरी रिर्पोट नआएसम्मका लागि आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो । कपिलवस्तु अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी अहिलेसम्म संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वाब संकलन गर्दै आएका अस्पतालमा कार्यरत ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन् । उनी अहिले आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट गोंगबुमा क्रुर हत्या : शवको पहिचान खुल्यो
अगिल्लो पोस्ट सोमबार नेपालमा ३३८ मा कोरोना देखियो, ४ जनाको मृत्यु