गोंगबुमा क्रुर हत्या : शवको पहिचान खुल्यो

सेयर गर्नुहोस्
88Shares

गोंगबुमा फेला परेका शवको सनाखत भएको छ । आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा टाउको काटिएको अवस्थामा फेला परेको शव कृष्णबहादुर बोहोराको भएको खुलेको छ । ‘पहिचान खुलेको खबर छ। अहिले उनी रोल्पा हो कि दाङका हुन् भन्ने यकिन भइसकेको छैन ।

सुटकेसमा उनको टाउको थिएन। प्रहरीले तालिम प्राप्त कुकुरको सहायतामा पत्ता लगाएको थियो।  अहिले शवको पहिचान भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। उनको पहिचान नखुल्दा प्रहरीलाई अनुसन्धान गर्न कठिन भएको थियो। सनाखत हुन नसकेपछि प्रहरीले सोमबार तस्बिर सार्वजनिक गरेको थियो।

सार्वजनिक गरेको केही समयमै उनको पहिचान खुलेको हो।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई पनि कोरोना, २४ घन्टामा हजार बढीको मृत्यु
अगिल्लो पोस्ट जिल्ला प्रशासन कपिलवस्तुको अर्काे निर्णय, एक हप्ता पूर्ण रुपमा जिल्ला शिल भयो