जुरामा बाढीले बगाउँदा एक जना बेपत्ता

सेयर गर्नुहोस्
127Shares

ई–साझाकुरा, साउन २६

बडीमालिका नगरपालिका २ घाग्रकी आउँसी देवी महत बाढीले गाउँदा बेपत्ता हुनुभएको छ । गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकामा वर्षासँगै आएको बाढीमा परेर महत हराउनुभएको हो ।

unn.prixa.net

बाढीले २७ घर बगाएको छ भने दुई सयभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । अहिले उद्धारको काम भइरहेको बाजुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) टंकप्रसाद भट्टराईले बताउनुभयो । यस्तै वर्षासँगैको बाढीले एक बेलिब्रिज र पाँच वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

गएको वैशाखयताको चार महिनामा बाढी पहिरो र चट्याङमा परेर दुई सय ३९ जनाको ज्यान गइसकेको छ भने ५५ जना हराइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

साझाकुरा मिडिया ग्रुप प्रा.लि द्धारा संचालित www.esajhakura.com का लागि तपाईको केही प्रतिक्रिया भए माथिको Comment Box मा आफ्नो अमुल्य प्रतिक्रिया दिनुहोला । हामीसँग तपाईं Facebook, TwitterYouTube मा पनि जोडिन सक्नुहुन्छ ।

पछील्लो पोस्ट पर्सा थप २२ जनामा कोरोना संक्रमण पुष्टि
अगिल्लो पोस्ट पहिलो पटक पिउने पानीको अधिकतम खुद्रा मूल्य निर्धारण